काठमाडौँ, शनिबार, १० असोज २०७७ । डाक्टर गोविन्द के सी को समर्थनमा उत्रेकामाथि काठमाडौंको माइतीघर मण्डलमा प्रहरीले धरपकड गरेको छ ।

विगत केही दिनदेखि अनसनरत् डा केसीको जीवन रक्षा माग र उनको मागको सम्बोधन गर भन्दै सरकारविरूद्ध प्रदर्शकारीहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् । सोही विरोध प्रदर्शन गर्ने क्रममा आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर लिएर विरोध गरेका थिए ।

माइतीघर मण्डलाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।








































