अनुपा बन्जरा
के रोग आयो खै सपनासरी सबैतिर फैलियो
एउटाबाट सर्दै दुई चार हुदैं विश्वभरि सल्कियो।
घरमा बसौं काम नगरी साझ-बिहान भोक छ हजुर
यसो कामका निस्कौ भने प्राणघातक रोग छ हजुर ।
नजानेको नसुनेको कस्तो नाम खुल्न गयो कोरोना
एक दुई हप्ता हाेईन हेर्नुस् पुगिसक्यो कति महिना ।
तीज गयो, दशैं आयो खुशीको माहोल छैन यहाँ
कस्ले सुन्ने, कस्ले बुझ्ने, भोको पेटको पिडा यहाँ ।
नेताहरुकाे भान्सामा पाक्नलाई त सबथोक छ हेर
आज भोलि पर्सी हुँदै जनता जल्दैछन्.. आखिर ?
२०७७ साल असोज १० गते शनिबार ।









































