Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:५२ बिहान
- ADVERTISEMENT -

गण्डकी गाँउपालिकाका जनप्रतिनिधीहरुलाई प्रवासी युवाको खुल्ला अनुरोध पत्र

प्रकाशित मिति: २०७७ असोज १०, शनिबार

1272
Shares

लामो समयको गण्डकी गाँउपालिकाको केन्द्र बिबादकै कारणले गाँउसभा हुन नसकेपनि आज गण्डकी गाँउपालिकाको गाँउसभा बस्ने भएको छ । सोहि गाँउसभा सफलताको शुभकामना सहित प्रवासी युवा साबिकको दर्बुङग गाबिस निवासी विराट बाबु खनालले प्रवासी भुमी जापानबाट जनप्रतिनिधीहरुले आजसम्म केन्द्रको बिषयमा गरेका बिबादप्रति गम्भिर आपत्ती रहेको धारणा सहित गण्डकी गाँउपालिकाले तत्काल गर्नुपर्ने विकाशका कामहरुमा बुदाँगत योजना सहित सामाजिक संजाल फ़ेसबुकबाट गण्डकी गाँउपालिका जनप्रतिनिधीहरुलाई खुल्ला अनुरोध पत्र लेखेका छन् । उहाँले सामाजिक संजाल फ़ेसबुक मार्फ़त अनुरोध गर्नु भएका विषयबस्तु यस प्रकार छन् ।

मिति : २०७७/६/९गते
श्रीमान गाँउपालिका अध्यक्ष ज्यु,
उपाध्यक्ष ज्यु,
प्रमुख प्रशासकीय अधिकृत ज्यु,
सम्पुर्ण वडाका वडा अध्यक्ष ज्युहरु,
वडा सदस्य ज्युहरु,गाँउ कार्यपालिका सदस्य ज्युहरु,
गाँउ सभा सदस्य ज्युहरु,
साथै गाँउ सभामा अन्य उपस्थित सम्पुर्ण बुद्दीजीवी,प्राविधिक, कर्मचारी ज्युहरुमा
नमस्कार 🙏

गण्डकी गाँउपालिका भुम्लिचोक गोरखा ।

महोदय,
सर्वप्रथम त लामो समयको अनेकौ बिबादपछि आज गण्डकी गाउँपालिका गोरखाको गाँउसभाको पुर्ण सफलताको सात समुन्द्रपारी बाट नै शुभकामना व्यक्त गर्दछु ।

निवेदन यो गर्दछु की देशले १० बर्षिय शसस्त्र द्वन्द पश्चात १२ बुंदे सहमति, शान्ति प्रक्रिया, संविधान सभाबाट नयाँ संविधान, लोकतान्त्रिक गणतन्त्र नेपाल, स्थानीय निकाय (गाँउ गाँउमा सिंहदरबार) र प्रदेश र संघिय निर्वाचन मार्फ़त जनताबाट नै चुनिएका प्रदेश र संघिय जनप्रतिनिधी हुदै दुई तिहाई प्राप्त (राजा, महाराजा) भन्दा पनि ठुलो शक्तिशाली सरकार पाँउदासम्म पनि हामी र हाम्रो भुगोलले स्थानीय सरकार पाएको ३ बर्ष बिति सक्दा पनि हामी आम गण्डकी गाँउपालिका बासिले आजसम्म कुनै दलगत स्वार्थकै निमित्त स्थानीय निकाय,गाँउपालिकाको प्रशासनिक कार्यालय पाँउन नसक्नु दुखद विषय हो ।

साथै, आम जनताको भावनामा ठेस पुगेको महसुस गरेको छु, राज्यले स्थानीय निकायको केन्द्र तोकि सक्दा पनि र जनप्रतिनिधीहरु बिच राज्यले तोकेकै ठाँउमा स्थानीय निकायको प्रशासनिक कार्यालय हुने एक किसिमको सहमति बनिसके पश्चात पनि विभिन्न किसिमका असहमतिहरु जनाउदै नेतृत्वलाई प्रशासनिक कार्यालय बनाउन, जनताबाट निर्वाचित जनप्रतिनिधीहरुले जुन किसिमका असहमति, बाधा अड्चनहरु गरी रहेका छन् त्यसप्रति खेद प्रकट गर्दै आम जनसमुदायहरुमा विकाशलाई रोक्ने र असहमतिहरु सिर्जना गर्नेहरुको पहिचान गर्न अनुरोध गर्दछु ।

अन्तत सबैखाले असहमतिहरुको विकल्प कुनै पनि दलगत निर्णय मात्र नभएर राज्यले गरेको निर्णय, आपसी सल्लाह, संघियताको मुल मर्मलाई आत्मा साथ गर्दै, विकाश नभएको र विकाशले पछाडि परेको र पार्न सक्ने सम्भावना रहेको ठाँउलाई नै विकाश गर्नला लागि पनि राज्यको निर्णय र विगतका दिनमा जनप्रतिनिधीहरु बिच भएको सहमतिलाई आत्मा साथ गर्दै अगाडि बढ्नु नै बिबाद समाधानका विकल्पहरु हुन् भन्ने बुझाई राख्दै गाँउसभा पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछु ।

प्रवासी भुमीबाट आम जनप्रतिनिधीहरुमा गण्डकी गाँउपालिकाको गाँउसभा मार्फ़त तत्काल सम्बोधन गर्नुपर्ने र कार्यान्वयन तहमा लानको लागी बजेट छुट्याईन पर्ने विषयहरु बुदागत रुपमा प्रस्तुत गरेको छु, आशा छ यी विषयबस्तुहरुमा सम्पुर्ण जनप्रतिनिधीहरुको ध्यानाकर्षण हुनेछ ।

१, बुढिगण्डकी जलविधुत आयोजनाले परिकल्पना गरेको रिङ्ग रोडको बारेमा आयोजनासंग समन्वय गरेर आयोजनालाई जबाफदेहि बनाउने या गाँउपालिकाले सो क्षेत्रमा सडक संन्जाल बिस्तार गर्ने ।

२, जलाशय युक्त आयोजना बन्नु भन्दा अगाडिको र बनी सकेपछिको प्राकृतिक प्रकोप न्युनिकरणका लागी बेनिगाँउको तल्लो भाग, रामपुर, सानो दर्बुङग, तोलक, दल भन्ज्याङग, ठुलो दर्बुङग, खुदिटार, ढाँबे भैंसे गौडा लगाएतका पहिरो र बाढीको उच्च जोखिममा रहेका ठाँउहरुको अध्ययन गरी वृक्षारोपण कार्य गर्ने र भविष्यमा जलाशय युक्त आयोजना सम्पन्न भए पश्चात सो ठाँऊहरु पर्यटकीय स्थलको रुपमा विकशित हुने भएकोले वृक्षारोपण गर्दा विभिन्न ठाँउको माटोको परीक्षण गरेर सो स्थानहरुलाई आकर्षक, सुन्दर देखाउनको लागी पैयु, लालीगुरास, सल्ला, धुपी लगाएतका बोटविरुवाहरु वृक्षारोपण गर्नको लागी आवश्यक बजेटको व्यवस्था गर्ने ।

३, गाँउपालिका भित्र रहेका बुढिगण्डकी आयोजनाबाट विस्थापित हुने ठाँउहरुको पहिचान गरि सो स्थानको भुगोल, बसोबास, मठ-मन्दिर, पार्टी-पौवा, विधालय र हरेक समुदायको सस्कृति, रितिरिवाज लगाएतका सबै विषयबस्तुहरु समेटिएको ड्रोन क्यामेरा मार्फत सबै भुगोलको डकुमेन्ट्री बनाई आगामी पुस्ताहरुलाई आफ्ना पुर्खाहरुको जन्मथलो र भौगोलिक वनावटको बारेमा जानकारी दिन आवश्यक बजेट व्यवस्थापन गर्ने ।

अन्तमा, विगतमा भएका बिबादहरुको समाधान गरि सम्पुर्ण जनप्रतिनिधीहरुलाई गाँउपालिकाको विकाशको पक्षमा,समृद्द समाज बनाउने पक्षमा काम गर्न र गराउन विनम्र अनुरोध गर्दछु ।

विराट बाबु खनाल
दर्बुङग
हाल जापान ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -