Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४८:१५ बिहान
- ADVERTISEMENT -

स्कोर्पियो पहिरोले पुरिँदा चालकको मृत्यु

प्रकाशित मिति: २०७७ असोज ७, बुधबार

2959
Shares

हेटौँडा, बुधबार, ७ असोज २०७७ । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–कुलेखानी सडक खण्डको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिक स्कोर्पियो पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको स्कोर्पियोका चालक बारा जिल्लाको पर्सौनी गाउँपालिका वडा नं.४ का ४० वर्षीय युनिष आलमको घटनास्थलमा नै मृत्यु भएको हो ।

बा १७ च ४८७४ नम्बरको स्कोर्पियोमाथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । मृतक आलमको शव हेटौँडा अस्पताल ल्याइएको छ । सोही स्थानमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको पहिरोले बा ९७ प ४८५१ नम्बरको मोटरसाइकलसहित पुरिएका मोटरसाइकलमा सवार दुईजनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ महानगरपालिका २७ स्थित मण्डिखाटारका ४७ वर्षीय राज आचार्य र ५३ वर्षीय सञ्जीव अधिकारीलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता रानाले बताउनुभयो ।

यसैबीच बुधबार बिहानदेखि परेको अविरल वर्षाका भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउराली नजिक पहिरो जाँदा उक्त सडक खण्ड अवरुद्ध बनेको छ । यस्तै मङ्गलबार राति इन्द्रेसरोबर गाँउपालिका वडा नं. ३ माल्टामा गएको पहिरोले कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । दुवै स्थानमा गएको पहिरो पन्छााउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

उता मकवानपुरको रक्सिराङ गाउँपालिकामा ६ सिलिङ्गेमा लगातारको वर्षाका कारण आएको पहिरोमा परेर १७ वटा बाख्रा मरेका छन् । मङ्गलबार स्थानीय सुकबहादुर चेपाङको बाख्रा जङ्गलबाट ल्याउँदै गर्दा बाटोमा पहिरो गएर बगाएको वडा नं. ६ का वडाध्यक्ष सिंहलाल प्रजाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -