काठमाडौं, आइतबार, ४ असोज २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा जवर्जस्ती प्रवेश गर्न खोज्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पेरिसडाँडास्थित सचिवालय बैठक स्थलमा जबर्जस्ती प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दावी गर्दै चर्चामा रहेकी खड्कालले केही समयअघि आफूलाई परिचालन गरी मुद्दा दर्ता गर्न लगाएको भन्दै मुद्दा फिर्ता लिएका थिए ।
प्रहरीले खड्कालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेको छ ।








































