नेपाली राजनीतिमा नयाँ बिचारकाे बिकासकाे महत्त्वबारे लेख रचना छाप्दै र बाेल्दै गरेका काँग्रेस नेता युवराज बस्ताकाेटीले नेपालकाे बर्तमान संबिधानमा प्रशस्त संशाेधनकाे जरुरत रहेकाे बताएका छन् ।
संबिधानमा संशाेधन अपेक्षित भएपनि अहिलेकाे अवस्थामा यसकाे कारण शान्ति स्थापना भएकाे र अहिलेकाे सिमित लाेकतन्त्रकाे प्रयाेग गरेर देशमा भेदभाव रहित पूर्ण लाेकतन्त्र स्थापना गर्न अगाडि बढ्ने खालकाे भाव दिदैं बस्ताकाेटीले सामाजिक सञ्जालमा शुभकामना लेखेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेकाे शुभकामना जस्ताकाे त्यस्तै :
“एक जना सरल, सजिलै जनताकाे पहुँचमा रहने, राष्ट्रप्रति वफादार व्यक्तित्व सुशील काेइरालाकाे नेतृत्वमा नेपालकाे संबिधान सभाले लेखेकाे नेपालकाे संबिधान दिबश आज असाेज ३ गते, सम्पूर्ण नेपालीमा शुभकामना ।

तथापी, यस संबिधानमा प्रशस्तै सुधारकाे आवश्यकता छन् । यस संबिधानलाई पूर्ण लाेकतान्त्रिक, नेपाली संस्कृतिमैत्री र नागरिकबिच भेदभाव रहित समानता ल्याउने संशाेधनहरुकाे व्यग्र प्रतिक्षा साथै प्रयास रहने नै छ ” ।
पूर्व प्रधानमन्त्री सुशील काेइराला देश भक्त सरल नेता भएकाले पनि राष्ट्रकाे लागि संबिधान निर्माणकाे सफल नेतृत्व गर्न सकेकाले उनी माथि बस्ताकाेटीकाे संधै सम्मान रहने गरेकाे छ ।
२०७७ साल असोज ३ गते शनिबार ।









































