Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:०५ बिहान
- ADVERTISEMENT -

गणतन्त्र र नयाँ संविधानले निमुखा जनताको जिबनस्तरमा खासै केहि परिबर्तन ल्याउन सकेको छैन !

प्रकाशित मिति: २०७७ असोज ३, शनिबार

807
Shares

नेपालमा अनेकौ क्रान्तिहरु भए यसै क्रान्तिलाई सफल पार्नको निमित्त लाखौ सपुतहरुले आफ्नो ज्यानको बलिदान दिएर शहिद भए । कयौं योद्दाहरु अहिले पनि घाइते, अपाङ्ग, शरीरभरि उहि क्रान्तिको घाउ बोकेर पलपल तड्पिरहेका छन । कयौं क्रान्तिहरु सफल भए होलान, अझै कति त पुरा हुनै बाकि होलान ।

मैले थाहा पाए अनुसार देशमा राजतन्त्र फालेर आज गणतन्त्र ल्याउन पनि सफल भएका छौं । जनताको छोरी आज देशको सर्बोच्च पद राष्ट्रपति जस्तो उच्च ओदाहामा छिन । जनताकै छोरा देशको उच्च तहमा प्रधानमन्त्री जस्तो गरिमामय सदनमा छ । जनताकै छोराहरु मन्त्री/सांसद भएका छन । चिल्ला चिल्ला गाडिमा सरर ओहोरदोहोर गरिरहेका छन । खै गणतन्त्र कहाँ आयो ? कस्को लागि आयो ? के गरिब र निमुखा जनताको आगनमा आयो ? आउन चाहि आयो रे आखिर आयो चाहि कहाँ ?

हो, यस्तै छन हामी निमुखा जनताको लागि, आयो त हुने खानेलाई आयो, हामी आवाजबिहिन जनताको लागि कहाँ आउनु ! बरु ठुला ठुला नेतालाई आयो, मन्त्रीलाई आयो, सांसदहरूलाई आयो, कार्यकर्ताहरुलाई आयो ।

यहि गणतन्त्रलाई संस्थागत गर्दै करोडौं नेपालीहरुको लागि आशा भरोसा अनि खुशीको हासो बनेर देशमा नयाँ संविधान आउने पक्कापक्कि भईरहेको थियो । बिभिन्न राजनीतिक पार्टी / राष्ट्रपति / प्रधानमन्त्री / मन्त्री / सांसद / बिभिन्न क्षेत्रको ब्यक्तित्व लगायत करोडौं नेपाली जनताको दर्बिलो साथ संगै देशमा नयाँ संविधान जारी भएको छ । नेपालको पहिलो राष्ट्रपति रामवरण यादबद्वारा नेपालको संविधान घोषणा भएको जानकारी सांसद भवनबाट गर्नु भएको थियो । त्यहि खुशीमा दशैंभरि दिप प्रज्वलन गरे, करोडौं नेपालीमनहरुले खुशी साटासाट गरे, देश भरिको चोक चोकमा, गल्लि गल्लिमा, गाउँ-गाउँमा पनि नेपालको नयाँ संविधानलाई भब्य रुपले स्वागत गरे ।

अब संविधान त आयो, हामी जनताको लागि पक्कै केहि नयाँ अबसर बनेर आउनेछ । बिकाश निर्माणका ढोकाहरु खुल्नेछन । देशमै रोजगारीका बाटोहरु सृजना हुनेछन । अब बिगतकोजस्तो दिनहरु आउने छैनन भनेर हामी मख्ख परेका थियौं तर, बिडम्बना ति हामीले देखेका सपना र हामीलाई देखाइएको सपना उही सपना मात्र भईरहेको छ ।

आखिर जनताको जिबनस्तर भने पहिला जहाँ थियो अहिले पनि त्यहि नै छ । देशमा नयाँ संविधान जारी भएपछि अब करोडौं नेपालीहरुलाई त्यहि नियम कानुनले बराबर गर्छ भन्नु हाम्रो मुर्खता रहेछ । देशले नयाँ संविधान पायो अब असमानताले भरिएको खाडलहरु अवस्य पुरिनेछन भनेर आशा गर्नु बेक्कार रहेछ ।

गणतन्त्र र नयाँ संविधानले हामी निमुखा जनतालाई के ल्याएको छ र ? उहि मन्त्रीको लागि ल्याएको रहेछ । सांसदको लागि ल्याएको रहेछ। नेताकार्यकर्ताको लागि ल्याएको रहेछ ।

अब यि काम लाग्दैन भनेर जनताले चुनाबमा मिल्काइएका नेतालाई सांसद बनाएको छ । आफ्ना आसेपासे भाई भतिज /भान्जाभान्जि लाई मन्त्रीहरुकै दबाबमा रातारात जागिर मिलेको छ । भ्रष्ट भुमाफियाहरु, बलात्कारीहरु मन्त्री पदमै बसेर करोडौं भ्रष्टाचार गर्न लिप्त छन । आफ्नै नातेदारहरु भर्ति गर्न हतारमा छन । कसरी हुन्छ आफ्नै पेट भर्न कम्मर कसेर लागि परेका छन । गाउँ-गाउँमा सिहंदरबार भन्ने नारा घन्काउदै हत्याहिंसा / लुटपाट / गुन्डागर्दी / गर्दै देशको ढुकुटी स्वाहा परिरहेका छन । ठुला ठुला बिकाश निर्माणका ठेक्कापट्टा भ्रष्टाचारी नेताहरुको मिलोमतोमा आफ्नै वरपरकालाई पारिरहेका छन । एउटै आयोजना २० औ बर्षसम्म निर्माण गर्न सकिरहेका छैनन, त्यहि आयोजनालाई गरी खाने भाडो बनाइ रहेका छ ।

बिकास निर्माणका ठुला ठुला गफ हाक्दै हुस्कि र ब्रान्डसंग लट्ठ भएर बसेपछि जनताको जिबनस्तरको बारेमा सोच्ने फुर्सद नै कहाँ छ र ? आज कयौं निर्मलाहरु दिनहु बलात्कार भईरहेका छन । खै ति दोषीहरुलाई सजाय ? सरकारमा नै बसेर करोडौं भ्रष्टाचार गरिरहेका छन अनि खै तिनिहरुलाई सजाय ? जता पनि लुट्न मात्र अघि सरेका छन । सरकारका मतियारहरु, त्यसैले गणतन्त्र र नयाँ संविधान आएपनि जनताले आशा गरेका कामहरु फिटिक्कै भएका छैनन ।

अब आउने दिनहरुमा यि असमानताहरुलाई चिरेर अघि बढ्यो भने मात्र हामी निमुखा जनताले गणतन्त्र र नयाँ संविधानको स्वाद चाख्न पाइयला ? नत्र गणतन्त्र र संविधानबाट फाइदा पुग्ने भनेको तिनै भ्रष्ट दलाहरुलाई नै हो भन्ने मेरो ठम्याइ छ ।

संविधानले निमुखा जनताको लागि ढलेको सिन्को भाच्न पनि सकिरहेको छैनन तै पनि आज संविधान दिबसको अबसरमा करोडौं नेपालीहरुलाई शुभकामना टक्राउन चाहान्छु ।

नबिन क्षेत्री
गोरखा-२ कोखे आहाले

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -