काठमाडौँ, बुधबार, ३१ भाद्र २०७७ । प्रहरीले दिउँसो दमन गरेपछि साझ हण्ड्रेडस ग्रुपले राके जुलुस निकालेको छ ।
कुलमान घिसिङको पुन:नियुक्ति गर्नुपर्छ भन्दै दिन भरी शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा प्रहरीबाट धरपकड भएपछी साझ हण्ड्रेडस ग्रुपको टोलीले सिंहदरबारको पुर्बी गेटमा राके जुलुस निकालेको हो ।
कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखी प्रदर्शनमा उत्रिएकालाई दिउँसो माइतीघर मण्डलामा प्रहरीले हस्तक्षप गरेको थियो । प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा समेत प्रहार गरेको थियो ।








































