काठमाडौं, सोमबार, २९ भाद्र २०७७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको उचित व्यवस्थापन तत्काल गर्न माग गरेका छन् । पीएम नेपाललाई मेन्सन गर्दै ट्विटमा शर्माले अमानवीय चरित्र सच्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
‘वीरलाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक व्यवस्था गर्ने या त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य हो,’ उनले भनेका छन्, ‘तर व्यवस्थापन नगर्ने र निक्लन पनि नदिने कार्य आपत्तिजनक छ ।’ वीर अस्पताललाई सरकारले कोभिड अस्पतालका रूपमा सञ्चालन गरेपछि अधिकारी समस्यामा परेकी हुन् ।
नौ वर्षदेखि गंगामाया छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही माग गर्दै अनशनरत छिन् ।









































