Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:५८ बिहान
- ADVERTISEMENT -

कतार जानेहरुलाई कोरोना रिपोर्ट अनिवार्य

प्रकाशित मिति: २०७७ भदौ २६, शुक्रबार

745
Shares

काठमाडौँ, शुक्रबार, २६ भाद्र २०७७ । रोजगार वा कुनै पनि उदेश्यले कतार जान चाहनेहरुका लागि अनिवार्य कोभिड १९ नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने भएको छ । साउन २९ देखि केहि देशका तोकिएका विमानस्थलबाट कतार जाने यात्रुहरुलाई कोरोना रिपोर्ट अनिवार्य गरिएको हो ।

तत्कालका लागि ब्राजिल, इरान, पाकिस्तान र बंगलादेशबाट कतार आउने यात्रुले नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्नेछ । त्यस्तै, एयरलायन्सले नेपाल लगायत भारत, नाइजेरिया र रुसमा सेवा सुरु गरे लगत्तै त्यहाँको यात्रुलाई पनि कोभिड १९ को नेगेटिभ सर्टिफिकेट अनिवार्य गरिएको हो ।

कतार एयरवेजबाट मान्यता प्राप्त स्वास्थ्य संस्था मार्फत यात्रा गर्नुभन्दा ७२ घण्टा भित्र कोभिड १९ को जांच गरिएको रिपोर्ट मात्र मान्य हुने एअरवेजले जनाएको छ ।

त्यस्तै, कतारले साउन १७ देखि आप्रवासी कामदारलाई प्रवेश दिने निर्णय गरेको छ । सरकारले कोभिड १९ बाट कम प्रभावित ४० राष्ट्रको सुची समेत सार्वजनिक गरेको छ । तर, त्यस सुचिमा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश जस्ता साधारण कामदार भएको देशको नाम परेको छैन । केहि प्रकृया पुरा गरी प्राथमिकताको आधारमा यी नाम नपरेका देशका कामदार पनि साउन १७ देखि कतार जान पाउने कतार सरकारले जनाएको छ । साथै, आइडी प्राप्त गरिसकेका नयाँ कामदार पनि साउन १७ देखि कतार प्रवेश गर्न पाउनेछन । कतार सरकारले प्राथमिकताको आधारमा नाम परेका र नपरेका देशका नागरिकको लागि अलग अलग व्यवस्था गरेको छ ।

सुचिमा नपरेका नेपाल लगायतका देशका नागरिकका लागि

१ नेपाल जस्तै सुचिमा नपरेका देशका नागरिकहरुलाई प्राथमिकताको आधारमा इन्ट्री परमिट दिएर मात्र कतार प्रवेश गर्न दिइनेछ ।

२ कम्पनीलाई सम्पर्क गरि कामदार आफैंले परमिट लिन सक्नेछन । कतार पोर्टल )हुकुमी) को वेबसाइट मार्फत साउन १७ देखि मात्र लिन सकिने परमिटको प्रकृया पहिले खुरुज पेपर लिए जस्तै रहेको छ ।

३ परमिट प्राप्त गरिसकेपछि कतार सरकारले तोकेको डिस्कोभर कतार नामको वेबसाइट बाट ७ दिनको होटेल बुकिङ गर्नुपर्नेछ । ७ दिनको होटलको शुल्क १९५० रियाल देखि माथि रहेको छ । न्यून तलब भएका कामदारहरुको लागि सरकारले छुट्टै क्वारेन्टाइन सेन्टर उपलब्ध गराउनेछ र त्यसमा लाग्ने शुल्क कम्पनीले व्योहोर्नु पर्नेछ ।

४ कतार पुगेपछि यात्रुहरुको हमाद विमानस्थलमा पिसिआर परिक्षण गरिनेछ र सिधै बुक गरिएको होटल लगिनेछ ।

५। होटेल क्वारेन्टाइनमा बसेको छैटौं दिनमा भाइरसको पुन जांच गरिनेछ र भाइरसको नतिजा पोजेटिभ आए आइसोलेसनमा राखिनेछ र नेगेटिभ आए आए पुन अर्को हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्नेछ।

६ त्यसपछि, एह्तेराज एपमा हरियो कोड आए काममा फर्कन पाइनेछ ।

७ साधारण कामदारको लागि भने सरकार तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ भने त्यो खर्च कामदारको कम्पनीले व्योहोर्नु पर्नेछ ।

स्वास्थ्य मन्त्रालयकोअनुसार सिधैं होम क्वारेन्टाइनमा बस्न पाउनेहरुको सुची

१ ५५ बर्ष भन्दा माथिको व्यक्ति

२ मेरुदण्ड वा कुनै अंग प्रत्यारोपण गरेका बिरामी

३ इम्युनोसप्रेसिभ थेरापी गरेका बिरामी

४ मुटु सम्बन्धि समस्या भएका बिरामी

५ दमको बिरामी

६ क्यान्सरका बिरामी

७ गर्भवती महिला

८ पांच बर्षभन्दा मुनिका बालबालिका रेखदेख गर्ने सहयोगी )

९ मृगौला बिरामी

नेपालका साधारण कामदारले के गर्ने ?

नेपालका साधारण कामदारको लागि त्यहाँको कम्पनीले रि इन्ट्री परमिट जारी गर्नुपर्ने हुन्छ । उक्त रि परमिट जारी गर्दा सम्बन्धित कम्पनीले आफ्नो कामदारको लागि त्यहाँ सरकारले कामदारको लागि तोकेको क्वारेन्टाइनमा समेत बुकिङ गरेको हुनुपर्ने राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली समुदायका प्रतिनिधि तथा कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँ (रमजान बाबु) ले बताएका छन् ।

नेपाल लगायतका देशका आप्रवासी कामदारका लागि कतारले सम्बन्धित कम्पनीले नै सम्पूर्ण व्यवस्था गर्नुपर्ने र खर्चको जिम्मा पनि कम्पनीले नै ब्योहोर्नुपर्ने गरी ‘रि इन्ट्री परमिटसंगै क्वारेन्टाइनको व्यवस्था पनि अनिवार्य गरेको मियाँले बताए ।

कतारको कम्पनीले कामदारलाई रि परमिट र क्वारेन्टाइनको व्यवस्था भएको कागजात जारी गरेपछि मात्र कतार जाने बाटो खुल्छ । तर, यसका लागि कतार जानका लागि नेपाल सरकारले तोकेको प्रकृया भने पुरा गर्नुपर्छ । कतारको कम्पनीले कामदारलाई रि परमिट, टु होम मे कन्सर्न वा नो अब्जेक्सन र क्वारेन्टाइन सहितको व्यवस्था भएको कागजात कम्पनीको आधिकारिक इमेल मार्फत कतार स्थित नेपाली दुतावास, नेपालको बैदेशिक रोजगार बिभाग पठाउनुपर्ने हुन्छ ।

श्रम स्वीकृतिका लागि नेपालमा रहेको कामदारले उक्त कागजात बैदेशिक रोजगार बिभाग पुग्नुपर्ने हुन्छ तर, यदि कामदार नेपाल आएको ६ महिना नाघेको छैन भने पुन श्रम स्वीकृतिको आवश्यकता नपर्ने बैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनु भयो ।

नेपालमा रहेको कामदार कतार वा सम्बन्धित मुलुक पुगेर दु:ख नपाओस भनेर नै सम्बन्धित देशको सम्बन्धित कम्पनीले कामदारलाई पुन: प्रवेश र उसको व्यवस्थाको जिम्मेवारी लिनुपर्छ भनेर नै रि परमिट, टु होम मे कन्सर्न वा नो अब्जेक्सन र क्वारेन्टाइन सहितको व्यवस्था भएको कागजात माग गरिएको दाहालको दाबी छ । कतारले रि परमिट, टु होम मे कन्सर्न वा नो अब्जेक्सन र क्वारेन्टाइन सहितको व्यवस्था भएको कागजात पठाएको एक महिनाभित्र नेपाली कामदार कतार पुगिसक्नुपर्छ भने कतार उडान भन्दा ७२ घण्टा अगाडीको कोरोना नेगेटिभ भएको सर्टिफिकेट आवश्यक पर्छ ।

नेपाली कामदार श्रम स्वीकृति वा पुन: स्वीकृति लिएर कतार जाँदा उसको क्वारेन्टाइन लगायतका सम्पूर्ण व्यवस्था सम्बन्धित कम्पनीले नै गर्नुपर्छ र त्यसको खर्च पनि कम्पनीले नै ब्योहोर्नु पर्छ ।

कोरोना परिक्षणका लागि कतार एयरवेजले र डिस्कभर कतारले नेपालका केहि सँस्थाहरुलाई मान्यता दिएको छ । तोकिएका सँस्थाहरुमा स्टार हस्पिटल, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पाटन, के एमसी अस्पताल, सिनामंगल, हेम्स अस्पताल धुम्बाराही, सुर्य हेल्थकेयर लाजिम्पाट, सेन्ट्रल डायनोसीस ल्याबरोटरी कमलपोखरी, ग्रंडी स्पताल टोखा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -