सर्लाही, मंगलबार, २३ भाद्र २०७७ । हरिवन नगरपालिकाका नेपाली कांग्रेसका प्रभावशाली युवा नेता केशव बहादुर खत्रीले सामाजिक संजालमा आक्रोश व्यक्त गर्दै लेख्नु हुन्छ “भ्रस्टाचारी र देशमा भएको बेथितिको विषयलाई सम्बोधन गर्ने कुशल पत्रकार रबि लामिछाने, सुशील पाण्डे, ऋषि धमलालाई र अन्य भ्रस्टाचार बिराेधी अभियान्तालाई आफ्नो नगरमा आउन अनुरोध छ ।
आउनुहोस, सर्लाहिकाे हरिवन नगरपालिकाकाे निरीक्षण गर्नुस अनि जनतालाई दूधकाे दुध पानीकाे पानी छुट्याइदिनुस । त्यो दिन हजुरहरुकाे पत्रकारिता जगतमा ऐतिहासिक दिन हुनेछ । हरिवन नगरमा १५% काम ८५% नितिगत भ्रष्टाचार भएकाे नगर हाे । यहाँ गफ बढी हुन्छ काम धेरै कम हुन्छ । यहाँको जनप्रतिनिधिहरु काममा भन्दा बढी आफ्नो प्रचारबाजी गर्नमा ब्यस्त हुन्छन”।
नेता खत्रीले हामी संगको कुराकानीमा यो पनि भन्नुभयो कि आज बिश्व नै कोरोनाको त्रासले आक्रान्त भइरहेको छ र ठुला ठुला शक्तिशाली रास्ट्र जस्तै अमेरिका, चाइना, बेलायत, स्पेन, इटाली जो आफ्नो परमाणु र सैन्य शक्तिको भरमा सारा बिश्वलाई नै आफ्नो कब्जा गर्न सक्छु भन्ने सामर्थ्य राख्छन, त्यस्ता राष्ट्र पनि कोरोनाको त्रासले घुडा टेकेको अवस्था हामीले देखिरहेका छौ ।
यस्तो अवस्थामा नेपाललाई पनि कोरोनाले त्रसित र ग्रसित बनाएको छ । यसै पनि कमजोर अर्थतन्त्र भएको मुलुक त्यही माथी असक्षम कम्युनिस्ट सरकारको चरम लापरबाही, नीति र कार्ययोजना बिनाको अर्थहीन लकडाउन र जनता घर घरमा थुनेर गरिएको भ्रस्टाचारले गर्दा यो कोरोनाको समयमा नेपाली आम नागरिक रोगले मर्छन मर्दैनन थाहा भएन तर ऋणले, भोकले, घर भाडाले मर्न बाध्य भईरहेका छन ।
स्वस्थ्यमन्त्री कोरोना कहरमा औषधि खरिदमा भ्रस्टाचार गर्न ब्यस्त छन । आज डा. के.सि को कुरा मानेर स्वस्थ्य क्षेत्रबाट भ्रस्टाचार, नाताबाद, कृपाबाद निर्मुल पार्न सकेको भए सायद देशमा आज सबै नागरिकले स्वस्थ्य सुबिधा पाउने उहाँको बुझाइ छ । अझै पनि सरकार लाटाले पापा हेरेको जसरी हेरि रहने हो भने मर्ने मानिसको संख्या अनगिन्ती हुनेछ । देशमा रहेको ३ वटै तह भ्रस्टाचारमा लिप्त रहेको कारणले गर्दा क्वारेन्टाइनको अवस्था हरिबिजोक छ । कुहिएको चामल खलपत्रे तरकारी, अव्यवस्थित सुत्ने, बस्ने ठाउँले गर्दा बिरामीहरु कोरोनाले भन्दा पनि स्थानीय सरकारको चरम लापरबाही र दम्भ शैली गर्दा क्वारेन्टाइनबाट भाग्न बाध्य छन ।
अझ अर्को लाजमर्दो पक्ष त के हो भने स्थानीय सरकारको अव्यवस्थित ब्यवस्थापनले महिलाहरु क्वारेन्टाइनमा बलत्कृत हुनु परेको छ र महिला माथी भएको दुव्र्यवहार जस्ता समाचार पनि प्रशस्तै सुन्न पाइएको छ । देशमा जनताहरु भोकभोकै सडकमा खानाको लागि तड्पीरहेको बेला ओलि सरकार भ्रष्टचारमा ब्यस्त छ ।
एउटा ब्यक्तिको नाममा प्रतिष्ठान खोलेर सर्प पाल्नभन्दै आफ्नो कार्यकार्तालाई भ्रस्टाचार गर्न ७२ करोड रकम बिनियोजन गर्दै छ । जब कि त्यो प्रतिष्ठानले २०७२ सालमै १ करोड रुपैया लियर हाल सम्म कुनै हिसाब बुझाको छैन भनिएको छ र त्यसको बचाउ गर्नको निमित्त झोला बोकेर ने.क.पा का सर्लाही जिल्ला सभापति राजधानी पुगेर अन्तरबार्ता दिदै गरेको पनि देखियो ।
अनि, जनताले चुनाब हराएको नेतालाई समेत राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने सम्म रणनीति बनाउने भ्रष्टाचारी सरकारलाई म के भन्नुम । आज स्थानीय तहका छोटे महाराजाहरु आफुलाई संविधानभन्दा पनि माथी राखेर आफ्नो पदको गरिमाको समेत ख्याल नगरेर काम भन्दा धेरै धाक, गफ, भाषण गरेर दुई चार जना आसेपासे बटुलेर प्रचारबाजि गर्न ब्यस्त छन ।
हामीलाई भ्रस्टाचार होइन, आर्थिक समृद्धि चाहिएको हो । हामीलाई गुन्डागर्दी होइन, देशमा अमनचयन चाहिएको हो । हामीलाई प्रचारबाजी होइन दिगो बिकास चाहिएको हो ।









































