Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:३४ बिहान
- ADVERTISEMENT -

काठमाडौंमा लगाइएको निषेधाज्ञा बुधबार रातिबाट सकिदै : यस्तो हुदैछ तयारी

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

765
Shares

काठमाडौं, मंगलबार, २३ भाद्र २०७७ । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा बुधबार रातिबाट सकिदैछ । एक पटक लम्ब्याएर दुई साता पु¥याइएको निषेधाज्ञा सकिन लागेपछि नयाँ निर्णय लिनका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहितको भर्चुअल बैठक बोलाइएको छ ।

सरकार, उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यकाका जनप्रतिनिधिबीच निषेधाज्ञाको विषयलाई लिएर मतभेद रहेको छ । जसले गर्दा अब के गर्ने भन्नेमा अन्यौलता छाईरहेका बेला आज वा भोली दिउँसोसम्म निर्णय लिइन सक्ने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आज बिस्तृत बैठक बसेर छलफल गरिने र त्यसको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गरेर निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिइने जानकारी दिनुभयो ।

उपत्यका मेयर फोरम, उद्योगी व्यवसायी, यातायतका प्रतिनिधि र सरकारी चिकित्सकलगायतसँग पनि आजै छलफल हुदैछ । छलफलपछि तीनै जिल्लाका सीडीओसहित जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को संयुक्त बैठक बस्नेछ । यसबाट आउने राय, सल्लाह र सुझाब अनुसार गृहको समन्वयमा निर्णय लिइनेछ ।

स्रोतका अनुसार काठमाडौंका नाकालाई कडाई गरेर उपत्यकाको जनजिवन सामान्य बनाउने निर्णय हुन सक्ने जानकारी दिएको छ । उपत्यकामा अझै पनि कोरोना संक्रमण कम नभएको निष्कर्ष निकाल्दै उपत्यकाका मेयरले भने कडा लकडाउन वा कफ्र्यु नै लगाउन यसअघि माग समेत गरेका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यसअघि संसदीय समितिमा दशैंसम्म निषेधाज्ञा लगाउनुपर्ने बताईसक्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -