Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:२३ बिहान
- ADVERTISEMENT -

संक्रमण र दुर्व्यवहारसँग जुध्दै स्वास्थ्यकर्मी

प्रकाशित मिति: २०७७ भदौ २३, मंगलबार

759
Shares

काठमाडौँ, मंगलबार, २३ भाद्र २०७७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् ।

कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स, चिकित्सक, ल्याबमा कार्यरत कर्मचारी, सरसफाइ कर्मचारीदेखि प्रशासन सम्मका कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण भइरहेको छ ।

वीर अस्पताल, शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल, भेरी अस्पताल लगायतका अस्पतालमा कार्यरत सयौँ स्वास्थ्यकर्मी यतिखेर आइसोलेसनमा उपचाररत छन् । कतिपय चिकित्सक तथा नर्स निको भएर काममा फर्किसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोसी कोभिड अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेत पनि २६ दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेर नियमित काममा फर्कनुभएको छ ।

उहाँ आइसोलेसनमा हुँदा पनि नियमित रूपमा मोरङ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएको हुनाले सयौँ फोन आउने र जिल्लाभरका सङ्क्रमितको व्यवस्थापन मिलाउनुपर्ने हुन्थ्यो । स्थानीय तहमा कोरोना परीक्षणदेखि उपचार सम्मको व्यवस्था बस्नेतले नै गर्नुपर्दथ्यो । उहाँले कोरोनालाई जित्न उच्च आत्मबल चाहिने बताउँदै कोरोना लाग्यो भन्दैमा हतोत्साहित बन्दा कोरोनालाई जित्न नसकिने बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख बस्नेतले कोरोना सङ्क्रमितलाई हेर्ने मानिसको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउनुभयो । आफूलाई कसैले घृणा नगरे पनि समाजमा बौद्धिक वर्गले नै सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेको अनुभव सुनाउनुभयो । यस्तै चितवनस्थित बकुलर अस्पताल रत्ननगरका प्रमुख डा विश्वबन्धु बगालेलाई पनि कोरोना सङ्क्रमित भइसकेपछि कोरोना सङ्क्रमित चिकित्सकको घर भनेर ब्यानर टाँसिएको थियो ।

कोसी अस्पताल अर्थोपेडिक वार्डमा कार्यरत एक नर्सको व्यथा अर्कै छ ।(मञ्जु शर्मा नाम परिवर्तन)ले १० दिनअघि मात्र कोरोनालाई जितेर ‘डिस्चार्ज’ हुनुभएको हो । साउन २१ गते उहाँलाई कोरोना पोजेटिभ देखिएको थियो ।

अस्पतालका केही स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उहाँले कोरोना परीक्षण गर्नुभएको थियो । उहाँलाई पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । नर्स मञ्जुलाई कुनै लक्षण थिएनन् तर, होम क्वारेन्टाइनको प्रोटोकल नआउँदा अस्पतालमै बस्नुपरेको उहाँको गुनासो छ । स्वास्थ्यकर्मीले नै सङ्क्रमित स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नकारात्मक छ भन्दै उहाँले समाजमा झन् ठूलो खाडल रहेको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -