Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:३१:२१ बिहान
- ADVERTISEMENT -

प्रहरीसँग झडपपछि पुल्चोकमा पक्राउ परेका ६ जनालाई कोरोना

प्रकाशित मिति: २०७७ भदौ २२, सोमबार

597
Shares

ललितपुर, सोमबार, २२ भाद्र २०७७ । ललितपुरको पुल्चोकमा गत बिहीबार जवरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरीसँग झडपमा उत्रिएर पक्राउ परेकामध्ये ६ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रहरीसँग झडप, वाटर क्यान तोडफोड र ट्राफिक प्रहरी कमल प्रसाद घिमिरेलाई कुटपिटमा संलग्‍न भइ पक्राउ परेका १९ जनामध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। हाल महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा रहेका उनीहरुको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको जानकारी डिएसपी तथा प्रवक्ता सन्तोष तामाङले जानकारी दिएका छन् ।

पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना ‘हिरासतमा लिएर पिसिआर परीक्षण गराउँदा ६ जनामा कोरोना देखिएको छ’, तामाङले भने, ‘पक्राउ परेकालाई मुद्दा अगाडि बढाउन अदालत लैजानका लागि स्वास्थ्य परीक्षण गराउने क्रममा उनीहरुलाई कोरोना देखिएको हो।’ यसअघि पुल्चोकको भीड नियन्त्रणमा खटिएकामध्ये १८ प्रहरीलाई पनि कोरोना देखिएको थियो ।

तर, ललितपुर प्रहरी परिसरले कोरोना देखिएकाहरुलाई उक्त दिन पुल्चोकमा नखटाइएको बताउँदै आएको छ। प्रहरीले पुल्चोकमा झडपमा उत्रिएकामध्ये १९ जनालाई हिरासतमा लिएको छ । जसमा केहीलाई रिहा गरिएको छ ।

प्रहरीले पत्रकारको पोशाक लगाएर प्रहरीलाई ढुंगा हान्‍ने इमाडोलका अनिश महर्जन र ललितपुरमा मेयरको घाँटी काट्ने धम्की दिने कुसुन्तीका सञ्‍जय शाक्यलाई पनि पक्राउ गरेको छ। हाल हिरासतमा रहेकाहरुलाई सार्वजनिक शान्तिविरूद्धको कसुरमा अनुसन्धान अघि बढाउन अदालतबाट म्याद मागिसकिएको डिएसपी तामाङले जानकारी दिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -