Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:११ बिहान
- ADVERTISEMENT -

रातो मच्छिन्द्रनाथको रथ तानिँदै, ललितपुर प्रवेश गर्ने नाका सिल

प्रकाशित मिति: २०७७ भदौ २१, आइतबार

570
Shares

काठमाडौँ, आइतबार, २१ भाद्र २०७७ । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तानिने भएपछि आज सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुका अनुसार आइतबार रथ तानिने भएपछि ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र सिल गरिएको छ । त्यस क्षेत्रमा बाक्लो रुपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

रातो मछिन्द्रनाथको रथ १६४ जनाले तानिरहेका छन् । यसअघि बिहीबार रथ तान्‍ने क्रममा विवाद भएको थियो ।

ललितपुरस्थित पुल्चोकमा हुने कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार १६४ जनाले रथ तान्‍नेछन् । पुजारी, बाजा बजाउने समूह,स्वयंसेवकलगायत गरेर चार सयको हाराहारीमा मात्रै रथयात्रामा सहभागी छन् ।  

सुरक्षा व्यवस्था कडा पारिएको छ भने आसपासको क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

नेवार समुदायका विभिन्न संघसंस्थाले परिचालन गर्ने सिमित स्वयम्सेवकले रथ तान्नेछन्। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारेर त्यहीँ रथको पूजा गरिने छ । रथ यात्रामा सर्वसाधारणलगायत पत्रकारलाई पनि सहभागी हुन दिइएको छैन ।

यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो । त्यस क्रममा प्रहरी र केही स्थानीय घाइते भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -