गोरखा, आइतबार, २१ भाद्र २०७७ । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।
परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । ‘शुक्रवार उहाँको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान उहाँको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौ,’ जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘आज रिपोर्ट पोजेटिभ आयो ।’








































