काठमाडाैं, बिहिबार, १८ भाद्र २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागमा पदाधिकारी मनोनयन गरेका छन् ।
उहाँले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम महिला विभागमा सचिव र सदस्यको सोमबार मनोनयन गर्नु भएको हो । बुधबार विभागमा ४८ जना सदस्य मनोनय गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
सभापति देउवाले विभागकाे उप-प्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनाेनयन गर्नुभएको हो ।
देउवाले अहिलेसम्म ४७ वटा विभाग मध्ये २० वटा विभाग गठन गरिसक्नु भएको छ भने अन्य विभाग पनि गठनको तयारीमा रहेको बुझिएको छ ।










































