काठमाडाैं, बुधबार, १७ भाद्र २०७७ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले फुड बैंकलाई खाद्यान्न सहयोग गरेको छ । संघले बुधबार गोदावरी नगरपालिकाको सहयोग तथा स्थानीय युवाको सक्रियतामा सञ्चालित ‘हुनेले दिऊँ, नहुनेले लिएर जाउँ’ भनेर सञ्चालन गरको फुड बैंकलाई सहयोग गरेको हो ।
संघ दैनिक ज्याला मजदुरी गरी खाने २०० जनालाई पुग्ने खाद्यान्न आज सहयोग गरेको हो । खेलाडी संघले लकडाउनको बेला पनि सहयोग गर्दे आएको अध्यक्ष दीपक श्रेष्ठले बताउनु भयो ।
ललितपुरका विभिन्न स्थानमा विगत नौ दिनदेखि फुड बैंकहरु सञ्चालनमा आएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । यस्तो अवस्थमा दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुको मर्मलाई ध्यानमा राख्दै युवाहरुले फुड बैंक खोलेका हुन् ।








































