चितवन, मंगलबार, १६ भाद्र २०७७ । चितवनमा एक पुरुषले झुन्डिएर आत्माहत्या गरेका छन् । चितवनको रत्ननगर नगरपालिका वडा न २ टाडी चोकमा आज बिहान करिब ४ बजे झुन्डिएको अवस्थामा देखेर स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
रत्ननगरमा बन्दै गरेको पुलमा नरिवलको डोरीले पासो लगाएर आत्माहत्या गरेका करिब २६ बर्षीय पुरुषको पहिचान हुन् सकेको छैन । यस घटनाको बारेमा प्रहरीले मुचुल्का उठाइसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































