पोखरा, सोमबार, १५ भाद्र २०७७ । गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा चार जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा कास्कीका ३, लमजुङ, गोरखा र तनहुँका ११ जना रहेका छन् ।
यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १ सय ४४ पुगेको छ ।








































