Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:२७ बिहान
- ADVERTISEMENT -

बूढानिलकण्ठको घटनाले काठमाडौंमा हजारौंको परीक्षण गर्नुपर्ने पुष्टि : गगन थापा

प्रकाशित मिति: २०७७ भदौ १४, आइतबार

2584
Shares

काठमाडौँ, आइतबार, १४ भाद्र २०७७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले काठमाडौंमा कन्ट्याक्ट ट्रेसिङ (संक्रमितसँग सम्पर्क भएका व्यक्ति) बाहेक पनि हजारौं मानिसको पिसिआर परीक्षण गर्न सरकारसँग माग गरेका छन् ।

बूढानिलकण्ठ नगरपालिकामा देखिएको संक्रमणको तथ्यांक सार्वजनिक गर्दै उनले यसबाट काठमाडौंमा जोखिम समूह पहिचान गरेर व्यापक मात्रामा कोरोना परीक्षण गर्नुपर्ने पुष्टि भएकाे बताएका हुन् ।

आज आइतबार आफ्नो सामाजिक संजाल फेसबुक अकाउन्टमा बूढानीलकण्ठको घटनाको विस्तृत विवरण राख्दै थापाले कन्ट्याक्ट ट्रेसिङबाहेक जाेखिममा रहेका अन्य व्यक्तिकाे पनि काेराेना परीक्षण गर्न सरकारसँग माग गरेका हुन् ।

हेरौं, थापाले सामाजिक संजाल फेसबुकबाट

गत साता बूढानिलकण्ठ नगरपालिकामा गएरै नगरपालिका भित्र पहिचान भएका संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको साथै उच्च जोखिममा रहेका समूहको पनि पहिचान गरी ठुलो संख्यामा परीक्षण गरौँ भन्ने प्रस्ताव राखेको थिए । सो प्रस्ताव र निर्णय बमोजिम ५१४ जनाको परीक्षण गरिएकोमा ६५ जनामा पोजेटिभ आएको छ। यस कार्यमा मद्दत गर्ने बूढानीलकण्ठ नगरपालिकाको सम्पूर्ण टिम र नेपाली सेनालाई धन्यवाद !

पोजेटिभ मध्ये २७ जना संक्रमितको सम्पर्कमा आएका अर्थात् कन्ट्याक्ट ट्रेसिङ मार्फत टेस्ट गरिएमध्ये हुन तर ३८ जना उच्च जोखिमयुक्त समूहमा परीक्षण गर्दा पोजेटिभ भेटिएका हुन् । ती ३८ जना नै लक्षण नभएका व्यक्तिहरू हुन। हामीले यसरी परीक्षण नगरेको भए समाजमा सबैभन्दा धेरै घुलमिल हुने ती व्यक्तिहरूबाटै समुदाय स्तरमा संक्रमण फैलिने जोखिम झन् बढी रहन्थ्यो ।

यसले पुष्टि गरेको छ कन्ट्याक्ट ट्रेसिङ बाहेक पनि परीक्षण व्यापक बनाएर जोखिमयुक्त समूहको पहिचान गरी परीक्षण गर्नुपर्छ। त्यसैले स्थानीय सरकारसंगको समन्वयमा जोखिमयुक्त समूहको पहिचान गरी निषेधाज्ञाको यो अवधि भित्रै काठमाडौँमा हजारौँको परीक्षण गर्न नेपाल सरकारलाई आग्रह गर्दछु ।

बूनपा भित्र पहिचान भएका ६५ जनाकै कन्ट्याक्ट ट्रेसिङ र टेस्ट गर्नेछौँ । जोखिमयुक्त समूहको पहिचान गरी परीक्षण गर्ने काम पनि निरन्तर गर्नेछौँ । नगरवासीलाई नआत्तिन र कन्ट्याक्ट ट्रेसिङ लगायतमा सहयोग गर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र कुनै समस्या भएमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिसंग सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -