गोरखा, शनिबार, १३ भाद्र २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा प्रहरी परिचालन गरिएको छ ।
गाउँपालिका वडा नम्बर ३ तान्द्राङमा डण्डप्रसाद पुडासैनी मृत्यू भएको १३ औँ दिन आज चोख्खिने कार्यक्रममा तनाब उत्पन्न भएपछि प्रहरी पचिालन गरिएको हो ।
सबिन परियारले आफु मृतक पुडासैनीको छोरा भएकाले उनको चोख्खिने कार्यक्रममा सहभागी हुन पाउनुपर्ने भन्दै केही युवाहरुको साथ पुडासैनीको घरमा पुगेपछि तनाब भएको स्थानीयले बताएका छन् ।
पुडासैनीका छोरा काजक्रिया गरिरहेको अवस्थामा अन्तिम दिन घरमा आएर तनाब दिएको भन्दै तान्द्राङका युवाहरु रुष्ट छन् ।
सबिन परियार सहित उनका पक्षधरहरु भने सबिन पनि पुडासैनीको छोरा भएकाले उसलाई पनि सहभागी गराउनुपर्ने बताईरहेका छन् । दुबै पक्ष बिच बिवाद भएपछि आरुघाटबाट प्रहरी निरीक्षकको कमाण्डमा अवस्था बुझ्न प्रहरी परिचालन गरिएको एसपी सुरेन्द्र गुरुङले बताउनु भयो ।
सबिन परियारले आफु पुडासैनीको छोरा भएको तर नागरिकता बनाउँदा झुक्काएर आफु सानो छँदा प्याउते दमैको नामबाट नागरिकता दिएको बताउँदै आएका छन् । नागरिकता पुडासैनी पिता कायम गरेर चाहिने माग उनको छ । पुडासैनीले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए ।
पुडासैनीको मृत्यू भएको दिन दाखबत्ती आफुले पनि दिन पाउनुपर्ने भन्र्दैै परियार दाहासंस्कार गरेको ठाउँमा पनि पुगेका थिए ।








































