Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:५७ बिहान
- ADVERTISEMENT -

काठमाडौंमा थप दुई हजार क्षमताको क्वारेन्टाइन निर्माण

प्रकाशित मिति: २०७७ भदौ १३, शनिबार

597
Shares

काठमाडौं, शनिबार, १३ भाद्र २०७७ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न काठमाडौँ उपत्यकामा दुई हजार जना बस्ने क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ ।

एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्ने सरकारको योजनाअन्तर्गत यसअघि ९५० जना बस्ने व्यवस्थापन भएकोमा थप एक हजार ५० जना बस्ने व्यवस्था भएको हो । उनीहरूका लागि अलग अलग शय्या हुनेछ ।

गृह मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार तीन जिल्लामा गरी दुई हजार जना बस्न मिल्ने एकीकृत क्वारेन्टाइन तयार भएको छ । थप स्थान पहिचान गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी उपयुक्त स्थान पहिचान गर्न निर्देशन भएको जानकारी उहाँले दिनुभयो ।

मन्त्रिपरिषद्ले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको छ । सोही समितिको पहलमा थप एक हजार ५० जना बस्ने गरी एकीकृत क्वारेन्टाइनको व्यवस्थापन भएको हो ।

सहप्रवक्ता लामिछानेका अनुसार सरकारले बढीमा छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थान पहिचान भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -