Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:१५ बिहान
- ADVERTISEMENT -

चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मुल्य, कति पर्छ ? हेर्नुहोस

प्रकाशित मिति: २०७७ भदौ १२, शुक्रबार

677
Shares

एजेन्सी, शुक्रबार, १२ भाद्र २०७७ । चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ । विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन् ।

विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो । चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गत महिनादेखि चीनका सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन् ।

चीनको नेशनल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपतकालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका थिए । उनको भनाईमा सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड–१९ को खोप दिन सकिन्छ ।

त्यस्तै, यही महिनाको सुरुतिर एक चिनियाँ व्यावसायिक घरानाका प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड–१९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए । त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ । चीनको कोरोनाभाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड–१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी रूपमा प्रयोग गरिने उल्लेख छ ।

चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत पनि दिएको छ । तर, केहीले चीनले खोपबाट कूटनीतिक फाइदा लिन खोज्ने आरोप पनि लगाएको बिबिसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -