Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४६:४२ बिहान
- ADVERTISEMENT -

सीमा नाकामा दिउँसो सुनसान, राति तस्करी

प्रकाशित मिति: २०७७ भदौ ९, मंगलबार

514
Shares

काठमाडौं, मंगलबार, ९ भाद्र २०७७ । सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा कतिपय स्थानमा तस्कर समूहबाट सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयाससमेत भएको छ ।

तस्कर समूहका नाइकेले खेतबारीमा हुने कामको बहानामा बाहेक दिउँसोमा हुने आवतजावत रोके पनि कतिपय स्थानमा राति कारोबार चलाउन सक्रिय भएका छन् ।

सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा गत चैतबाट नै सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।

आइतबार मात्रै बारामा भारतबाट तस्करी गरेर ल्याइएका ४० बोरा रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको छ । आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाअन्तर्गतका ४ वटा नाका अनुगमनका क्रममा नौवटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको रासायनिक मल बरामद गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

‘अवैध ओसारपसार भइरहेको सूचनापछि अनुगमनलाई तीव्रता दिएका छौं, सीमा नाका त बन्द छ, तस्करी बन्द भएन, तस्करीलाई पनि बन्द गराउनेतर्फ हाम्रो अभियान अघि बढेको छ,’ बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले भने ।

कैलालीमा पनि दिनहुँजसो सुरक्षाकर्मीले तस्करीका सामान बरामद गर्दै आएका छन् । कैलालीमा गत शुक्रबार सशस्त्र प्रहरीले सुर्तीजन्य पदार्थ, प्लास्टिकको डोरी र मबिललगायतका ३ लाख मूल्य बराबरका सामान बरामद गरेको थियो ।

भजनी नगरपालिका–७ हिक्मतपुर र कैलारी गाउँपालिका–३ को भितरियाघाट क्षेत्रबाट भन्सार छलेर ल्याइएका सामान बरामद पछि थप कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -