चितवन, ८ भाद्र २०७७ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नउनीहरूमध्ये १४ जना चितवनका हुन् ।
नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक/एक जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।
चितवन मेडिकल कलेज स्वाब संकलन केन्रबाट स्वाब संकलन गरिएका संक्रमितहरु २० देखि ७४ वर्षसम्मका छन् ।
आइतबार गरिएको परीक्षणको रिपोर्ट सोमबार सार्वजनिक गरिएको हो ।
यसअघि आइतबार भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको दुई चरणको परीक्षणमागरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।








































