Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
९:५६:४१ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमण रोक्ने मल्हम अमेरिकामा बन्यो

प्रकाशित मिति: २०७७ भदौ ७, आइतबार

749
Shares

वासिङटन डिसी (अमेरिका), बिहिबार, ७ भाद्र २०७७ । बिश्वभर महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिने मल्हम बनेको छ । विश्वभरका वैज्ञानिकहरु कोरोनाबिरुद्धको औषधि पत्ता लगाउन अहोरात्र प्रयासरत रहेको बेला अमेरिकाबाट निकै खुसीको खबर आएको छ ।

अमेरिकाको एक फर्मा कम्पनीले कोरोना भाइरसलाई ३० सेकेण्डमा मार्ने मल्हम बनएको दावी गरेको छ । वैज्ञानिकहरुले यो मल्हमको नाम ‘टी थ्री एक्स’ राखेका छन । यो मल्हमको परीक्षण सफल भएलगत्तै अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यसको प्रयोगमा अनुमति दिएको छ । वैज्ञनिकहरुको भनाई उधृत गर्दै द ईकोनोमिक टाइम्सले जनाएअनुसार यो मल्हमलाई नाकमा लगाउँदा कोरोनासंगै अन्य विभिन्न प्रकारका भाइरसको संक्रमण हुन दिंदैन ।

बैज्ञानिकहरुका अनुसार ‘टी थ्री एक्स’ मल्हम नाकमा लगाउँदा एक प्रकारको लेयरको निर्माण हुन्छ । त्यसले कोरोना लगायत कुनै पनि भाइरसलाई नाकबाट शरीरमा पस्न दिंदैन । सामान्यतया धेरैजसोमा संक्रमण नाकबाटै हुने गरेका छन । यो मल्हमको प्रयोगले कोरोना संक्रमणमा कमी ल्याउन सकिने यो मल्हमको विकास र अनुसन्धानमा लागेको टेक्ससको एक कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीका संस्थापक डाक्टर ब्रायन हबरले यस्तो बताउनु भयो । डा.हबरका अनुसार यो मल्हम कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण उपलब्धी हो ।

‘यो मल्हम कोरोना भाइरससंग लड्नमा महत्वपूर्ण सहयोगी साबित हुनेछ । महिनौंदेखि अपेक्षा गरिएको सुरक्षा कवचको रुपमा यो मल्हमले स्थान पाउनेछ,’ डा.हबरको भनाई छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले यो मल्हमलाई ओभर द काउन्टर मेडिसिनको रुपमा स्विकृति दिएको छ । यो अनुमतिसँगै यो मल्हमको प्रयोगका लागि डाक्टरको प्रेसक्रिप्सन आवश्यक पर्दैन । मेडिकल स्टोरबाट सहजै खरिद गर्न सकिनेछ ।

ईकोनोमिक टाइम्सको समाचार अनुसार दुई महिनाअघि यो मल्हमको परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएपछि मात्रै एफडिएले प्रयोगका लागि स्विकृति दिएको हो । परीक्षणका क्रममा यो मल्हमलाई नाकमा लगाउँदा सक्रमण फैलाउने कुनै पनि प्रकारका भाइरस फेला नपरेको डाक्टर हबरले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -