राजेश भट्ट
जिन्दगी जिए जस्तो लाग्दैन मलाई
जबसम्म तिम्रो साथ हुँदैन
आफू सुरक्षित लाग्दैन मलाई
जबसम्म मेरो हातमाथी तिम्रो हात हुँदैन ।
त्यो दिन, त्यो रातसंग
दुश्मनी भैहाल्छ मेरो
जुनदिन तिमीसंग
मिठो मसिनोबाट हुँदैन ।
माथी त्यो आकाशको बादल पनि
पर्खेर बस्छ तिमीलाई
तिमीले नभनेसम्म सिमसिमे झर्छ
तर, मुसलधारे बर्षा हुँदैन ।
फोनमा बोलेर मात्रै के मेटथ्यो र
ती मन भित्रका प्यासहरु
जबसम्म तिम्रो र मेरो मनको
एक आपसमा भेटघाट हुँदैन ।
२०७७/०५/०७








































