काठमाडौँ, मंगलबार, २ भाद्र २०७७ । नेपालको जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतविरुद्ध प्रहरी अनुसन्धान थालेको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त विवादीत गीतको विषयमा अनुसन्धान अघि बढाइएको छ । गीतको गायक ग्याल्जेन दोर्जे तामाङको खाेजी भैरहेको बताइएको छ ।
उत्त गीतको भिडियोविरुद्ध अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ । भिडियोमा नेपाली झण्डा जलाइएको छ । गीतमा ब्राह्मणलाई देशद्रोही, झण्डालाई ब्रा, ढाका टोपीलाई ढाल जस्ता शब्दको प्रयोग गरिएको छ । भिडियाेलाई हटाउन समेत माग गरिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त भिडियो सुटिङ गरेको देखिन्छ ।








































