काठमाडौं, सोमबार, १ भाद्र २०७७ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हिरासतमा रहेका एक पुरुषमा कोरोना देखिएको हो ।
कोरोना देखिएपछि वृत्तमा रहेका अन्य १७ जना थुनुवाको समेत कोरोना परीक्षण गर्ने तयारी भएको छ । यसअघि वृत्त कालीमाटीमै कार्यरत प्रहरीमा समेत कोरोना संक्रमण देखिएको थियो ।








































