काठमाडौँ, मंगलबार, २७ साउन २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न ३७ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा सङ्क्रमण भेटिएको बताए । आजै एक सय ७१ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए। हाल नेपालका ७ हजार २ सय १ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

नेपालका ६ जिल्लाहरु सोलुखुम्बु, सङ्खुवासभा, मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, र हुम्लामा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, पर्सा, रौतहट, र महोत्तरी जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् । हालसम्म नेपालमा १६ हजार ६ सय ६४ जना निको भएका छन् भने ८३ जनाको मृत्यु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्