काठमाडौं, २६ साउन २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका सम्पूर्ण अस्पतालले आफुसँग भएकोमध्ये २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पतालले २० प्रतिशत बेड छु्ट्याइ कोभिड हब अस्पतालमार्फत मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

उहाँले सेटेलाइट अस्पतालहरुको बिरामीको उपचार तथा व्यवस्थापन हब अस्पतालले नै गर्नुपर्ने बताउनुभयो ।

उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढदै गएको र जटिल समस्या हुनेको संख्या समेत बढ्न थालेपछि यस्तो निर्देशन दिएको हो ।

आज मात्रै उपत्यकामा ४४ र देशभर ३३८ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमणले तिब्रता लिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्