काठमाडौँ, शनिबार, २४ साउन २०७७ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमुना परिक्षण गरिएकोमा थप २४ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये बागलुङका १३ जना, स्याङ्जाका ७ जना, म्याग्दीका १ जना र कास्कीका ३ जना, रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्ये बाग्लुङका संक्रमितहरु महोत्तरी जिल्लाबाट आएकाहरु हुन् । अन्य जिल्लाका व्यक्तिहरु मध्ये पोखरा महानगरपालिका १७ र बेनी ४ का भारतबाट आएका हुन् भने बाँकि व्यक्तिहरु संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु रहेका छन् ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६११ पुगेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्