काठमाडौं, शनिबार, २४ साउन २०७७ । वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महा-वाणिज्यदूत प्रेमराजा महत र उहाँकी श्रीमती कविता केसी महतलाई कोरोना सङ्क्रमण भएको छ ।

वरिष्ठ लोकगायक महतले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै सङ्क्रमित भएको जानकारी दिनुभएको हो । आफ्नै घरको एउटा-एउटा कोठामा आइसोलेशनमा बसेको पनि महतले जानकारी दिनुभएको छ।

कोरोना सङ्क्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदी भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गर्नु भएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्