काठमाडौं, शनिबार, २४ साउन २०७७ । एक सय ९१ यात्रुसहित दुबईबाट भारत आईरहेकको एयर इन्डिया एक्सप्रेसको एउटा हवाईजहाज भारतीय राज्य केरलाको कोझिकोदे विमानस्थलमा अवतरणका क्रममा शुक्रबार साँझ दुर्घटनामा पर्दा टुक्रा टुक्रा भएको छ ।

विमानमा १० जना नवजात शिशु र क्रू मेम्मरसहित १९१ जना सवार विमान दुर्घटनाग्रस्त भएको हो ।

एयर इन्डिया एक्सप्रेसको उक्त जहाज केरला विमानस्थलमा अवतरण गर्न लाग्दा दुर्घटनामा परेको हो ।

भारी वर्षाबीच स्थानीय समय अनुसार साँझ ७ः३८ मा धावनमार्गमा ओभरसुट गर्दा विमान टुक्रा टुक्रा भएको बताइएको छ । स्थानीय एमएल टेलिभिजनले थुप्रै यात्रुलाई अस्पताल भर्ना गरिएको र भाग्यवश विमानमा आगो लाग्न नपाएको जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्