काठमाडौँ, बुधबार, २१ साउन २०७७ । सरकारले बिहिबार (भोलि) देखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/विजोर प्रणाली लागू हुने बताएको छ ।

गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार कोरोना संक्रमण बढेकोले बिहीबारदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको हो । अब जोर गतेका दिन जोर नम्वरका सवारीसाधन तथा बिजोर गतेका दिन बिजोर नम्वर प्लेटका सवारीसाधन सञ्चालन हुनेछन् ।

यस्तै, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोनाको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्