- ADVERTISEMENT -

‘प्रधानमन्त्रीको अकर्मण्यताले आजको अवस्था भोग्नु परेको छ’ : नेता गगन थापा

August 5, 2020
649
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, २० साउन २०७७ । नेपाली काँग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताले आजको अवस्था भोग्नु परेको बताएका छन् ।

मंगलबार सामाजिक संजाल ट्विटमा थापाले आफ्नो स्वार्थको लागि संसद बैठक अन्त्य गरेको एक महिनापछि प्रधानमन्त्रीले राजनीतिक दलहरु र विज्ञहरुसँग परामर्श गरेकोप्रति यस्तो टिप्पणी गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘आफ्नो स्वार्थको लागि संसद बैठक अन्त्य गरेको १ महिनापछि प्रमज्यूलाई कोरोनाबारे संवाद गर्ने साइत जुरेछ।यो बिचमा बालुवाटार मा पार्टीका,गुटका,षडयन्त्रका दर्जनौँ बैठक बसे तर कोरोना जोखिमबारे प्रमलाई एक पल न सोच्ने फुर्सद भयो न सुन्ने। @PM_Nepal को यही अकर्मण्यताले आजको अवस्था भोग्दैछौं।’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार कोरोनाको प्रभाव र रोकथामका बारेमा राजनीतिक दलहरु र विज्ञहरुसँग परामर्श गरेका थिए । बैठकमा विज्ञहरुले कोरोना संक्रमणको जोखिम बढेको भन्दै कम्तिमा २ हप्ता लकडाउन गर्न सुझाव दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -