एजेन्सी, बुधबार, २१ साउन २०७७ । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा भयंकर विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा ७० जनाको मृत्यु भएको छ भने २७ सय बढी घाइते भएको बीबीसीले जनाएको छ ।

अधिकारीका अनुसार विस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा विस्फोट भएको हो। बीबीसी संवाददाताका अनुसार ठूलो मात्रामा मानवीय क्षति भएको छ। शव यत्रतत्र छरिएका छन्। अझै मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्। प्रधानमन्त्री असन दिआबले घटना भयावह भएको बताएका छन्। दोषीलाई नछाडिने चेतावनी पनि उनले दिएका छन् ।

सन् २०१४ देखि नाइट्रेट भण्डारण गरी राखिएको थियो। समाचार एजेन्सी एएफपीका एक प्रत्यक्षदर्शीले बताएअनुसार आसपासका क्षेत्र सबै ध्वस्त भएका छन् ।

विस्फोटको आवाज २४० किलोमिटर पर पूर्वी मध्यसागरसम्म सुनिएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्