काठमाडौं, मंगलबार, २० साउन २०७७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको अभियानमा सरकार गम्भीर बन्‍नुपर्ने सुझाएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार प्रमुख प्रतिपक्षि दल कांग्रेसका सभापति शेरबहादुर देउवार, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनस्वास्थ्य विज्ञसँगको छलफलमा आफ्नै पार्टीका नेताहरु गम्भीर नभएको टिप्पणी गरेका थिए ।

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै भनेका छन्,

“प्रश्‍न,आरोप र मुद्दाभन्दा पर हुन्छ मान्छेको जिन्दगी ! आउनोस् गम्भीर बनौं ! सरकार, प्रतिपक्ष या निस्पक्ष जहाँ भए’ नि गम्भीर बनौं ! @Pm_Nepal भन्नुहुन्छ – कोरोना संकटप्रति नेकपाकै साथीहरू गम्भीर छैनन् ! सर्वप्रथम सरकारलाई गम्भीर बनाऔं प्रमज्यु, तब सबैलाई गम्भीर बनाउन सकिन्छ !”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्