काठमाडौं, सोमबार, १९ साउन २०७७ । सशस्त्र द्व,न्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।

युद्धका क्रममा ब,न्दुकको छर्रा मुखमा लागेपछि घाइते भएका पूर्व लडाकु नैनबहादुर तामाङको त्यही घाउ बल्झिएर क्यान्सर भएपछि आर्थिक अभावमा उपचार गर्न समस्यामा थिए ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा क्यान्सर रोगबाट पी,डित भएपनि उपचारका लागि राज्यले बेवास्त गरेको खबर सार्वजनिक भएपछि पूर्व सञ्चारमन्त्री समेत रहेका बस्नेतले पूर्व लडाकु तामाङलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

२०६० सालमा भोजपुरमा रहेको नेपाल टेलिकमको रिपीटर टावरमा तैनाथ तत्कालीन शाही नेपाली सेनामाथि आक्रमणको बेला तामाङको मुखमा छर्रा लागेको थियो । माओवादीमा नै कार्यरत स्वास्थ्यकर्मीहरुले त्यतिबेला सामान्य उपचारपछि उनी ठिक भएपनि त्यही घाउ बल्झिदै जाँदा क्यान्सर भएको तामाङको आफन्तले बताएका छन् ।

क्यान्सर लागेर थलीएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापालगायतका नेकपाका नेताहरुसँग आर्थिक सहयोगका लागि आग्रह गरेपनि कतैबाट पनि सहयोग नपाएको खबर सञ्चार माध्यममा आएपछि उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग गरेको कांग्रेस नेता बस्नेतले जानकारी दिए ।

पूर्व लडाकु तामाङ भक्तपुरमा रहेको भाइको घरमा डेरामा बस्दै आएका छन् । बस्नेतसहित कांग्रेसका अन्य नेता तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) सहितका नेता एवम जनप्रतिनिधिहरुले तामाङलाई उपचार खर्चबापतको रकम हस्तान्तरण गरेका थिए । सुनकोशी गाउँपालिकाले पनि यसअघि नै तामाङलाई उपचारका लागि ५० हजार सहयोग गरेको थियो ।

राजनीतिक हिसाबले फरक पार्टीको भएपनि उच्च राजनीतिक संस्कारको सुरुवात गर्दे आफुले उपचारका लागि पुर्व ल,डाकु तामाङलाई सहयोग गरेको पुर्व मन्त्री बस्नेतले बताए । ‘राजनीति चुनावको बेलामा हुन्छ । यस्तो वि,पत्तमा हामी सबै राजनीतिक नेताहरुले सहयोग गर्नुपर्छ’, बस्नेतले भने ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्