काठमाडौँ, सोमबार, १९ साउन २०७७ । हालसम्मकै ठ्लो आइपिओ निष्कासन गर्ने प्रक्रियामा रहेको नेपाल इन्फ्रास्टक्चर बैँक लिमिटेडले गत अर्थिक वर्षको चौथो त्रैमाशसम्म ८४ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

८ अर्ब रुपैयाँ बराबरको आइपिओ बिक्री गर्ने तयारीमा रहेको यस बैँकको चुक्ता पूँजी असार मसान्तसम्म १२ अर्ब रुपैयाँ रहेको छ । सो अवधिसम्ममा बैँकको जगेडा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ सञ्चित छ ।

सो अवधिसम्ममा बैंकले २५ करोड निक्षेप सङ्कलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसबापत बैंकले १ अर्ब २३ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो। त्यसैगरी, असार मसान्तसम्ममा बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड १६ लाख रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६० प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ७ रुपैयाँ ६ पैसा कायम भएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफामा सुधार देखिएको हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्