गोरखा, शनिबार, १७ साउन २०७७ । गोरखामा घरबाट हराएकी बालिकाको शव खोलामा भेटिएको छ ।

भिमसेन थापा गाउँपालिका ६ धनबासेका अशोक तिवारीको छोरी ३ वर्षिया अमिसा तिवारीको शव खोलामा भेटिएको हो ।

शुक्रवार घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा राती १२ बजेतिर घर नजिकैको ज्यादुलखोलामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा मुचुल्का गर्ने काम भइरहेको डिएसपी बासुदेव खतिवडाले बताउनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्