टोकियो, शुक्रबार, १६ साउन २०७७ । जापान लगायत अन्य मुलुकमा गई फिर्ता आउन नपाएका विदेशीहरुले पुनः प्रवेश पाउने भएका छन ।

कोरोना भाइरसको कारण लगाइएको यात्रा प्रतिवन्ध र उडानको अभावका कारण जापानबाट अन्य मुलुकमा गई फिर्ता आउन नपाएका विदेशीहरुले पुनः प्रवेश पाउने भएका छन् ।

जापानको परराष्ट्र मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निश्चित मापदण्ड पूरा गरि विदेशी नागरिकहरूलाई आउँदो अगष्ट ५ तारिकदेखि पुनःप्रवेश गर्न जानकारी गराएको हो ।

स्मरण रहोस् जापान सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि विश्वका १४६ देश तथा क्षेत्रहरुलाई यात्रा प्रतिबन्धमा लगाएको छ र यस सुचीमा नेपाल पनि परेको छ ।

जापानले नेपाललाई प्रतिबन्धको सुचीमा राख्नु अगावै पनि कोरोना संक्रमण बढेको भन्दै, नेपाल स्थित जापानी दुतावासले अनुमती नदिएपछि तत्काल जापान फर्किन चाहने सयौँ नेपालीहरु आउन पाएका थिएनन् ।

अझ पछिल्ला चरणमा जुलाई २४ तारिखबाट यात्रा प्रतिबन्धको सुचीमा परेपछी पुन:प्रवेशको प्रतिक्षामा रहेका सयौँ नेपालीहरु अन्यौलमा छन् ।

बुधबार जारी सुचनामा जनाईए अनुसार, जापान पुनःप्रवेशका लागि पिसीआर परिक्षण गरि कोरोना भाइरसको संक्रमण नभएको प्रमाण पेश गर्नु पर्नेछ भने र जापानको भिसा र म्याद नसकिएको पुन:प्रवेश अनुमती हुनुपर्ने छ ।

विदेशी नागरिकहरूमा बिदेशी बिधार्थीहरु, प्राविधिक प्रशिक्षार्थीहरु र कम्पनीका कर्मचारीहरु सहित अन्य भिसा बाहकहरु रहेका छन् । यस प्रकृया अनुसार पुनःप्रवेश पाएका विदेशी नागरिकहरूले जापान आएर फेरि पिसिआर परिक्षण वा २ हप्ता सेल्फ सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने लगायतका नियमहरु पालना गर्नुपर्ने छ ।

यसरी, जापान आउन आफ्नो मुलुकमा भएको जापानी दूतावासबाट पुन:प्रवेश अनुमती भएको देखाएर ठीक छ भन्ने नो–अब्जेक्सन लेटर समेत लिनु पर्ने छ । सेप्टेम्बर १ तारिख पछि जापानमा पुन: प्रवेश गर्नेहरुको हकमा भने पिसिआर जाँच रिपोर्ट फ्लाइट समय भन्दा ७२ घण्टा अगाडि देखी फ्लाइट हुने समय भित्रको मात्र मान्य हुने जनाईएको छ ।

केहि देश बाट भने यो ७२ घण्टाको नियम तत्काल लागू गरिनेछ । यद्यपी कुन कुन देशलाई यो ७२ घण्टे नियम लागू गर्ने भन्ने बारे भने फेरि अर्को सूचनामा जानकारी गराईने बताएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्