काठमाडौं, बिहिबार, १५ साउन २०७७ । गृहमन्त्रालयले आजैदेखि लागु हुने गरी साँझ ७.०० बजेदेखि विहान ७.०० सम्म काठमाडौमा उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी काठमाडौ उपत्यका प्रवेश गर्ने नाकमा यात्रुहरुको स्वाब परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण पाइएकाले सो रोक लगाइएको जनाएको छ ।

रातको समयमा अत्यावश्यक सेवा र ढुवानीका साधनलाई भने ओहोर दोहोर गर्न रोग लगाइएको छैन । साथै उपत्यका बाहेक अन्य जिल्लामा पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न र अन्तरजिल्ला अावागनम पूर्णरूपमा राेक लगाउन भनेकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्