दमौली, बिहिबार, १५ साउन २०७७ । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका–८ भैसिकिलेकी छ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका छन् ।

पीडितको घरमा पुगेर उहाँले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

अमिना सोही वडाको बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत छिन् । गतअसार २९ गतेको पहिरोले पुरिएर बालिकाको बुवा ३० वर्षीय भेषबहादुर थापा र आमा २९ वर्षीया नानुमाया थापाको अकालमा निधन भएको थियो । पहिरोले पुरिएर अमिनाकी बहिनी पाँच वर्षीया अमिषा थापा, काका वर्षीय महादेव थाापा र काकी १९ वर्षीया मनिसरा थापाको समेत निधन भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य पौडेलले पहिराले पुरिएर एकै परिवारका पाँच जनाको निधन भएको घटना दुःखद् रहेको र शोकको घडीलाई शक्तिमा बदल्न पीडित परिवारलाई आग्रह गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्