काठमाडौं,बिहिवार, १५ साउन २०७७ । कोरोना महामारीको असर इस्लाम धर्माबलम्बीको सबैभन्दा ठूलो धार्मिक तिर्थस्थल सउदी अरबको मक्का मदिनामा समेत परेको छ । प्रकोपको रुप लिन सक्ने आशंकामा सतर्क रहँदा सउदी अरब सरकारले हजलाई सीमित गरेको छ ।

तिर्थाटनको क्रममा सामाजिक दूरीको पालना गरिएको छ । तिथार्लुको स्वास्थ्यलाई लिएर विशेष सतर्कता अपनाइएको छ । सउदीको मक्कामा बुधबार पहिलोपटक सीमित संख्याका श्रद्धालुले तिर्थाटन गरेका छन् । इस्लाम धर्माबलम्बीले काबाको जमीनमा गोलो घेराबीच रहेर पवित्रस्थलको परिभ्रमण गरेका छन् ।

इस्लामको पाँच खम्बामध्येका एक हजका लागि वार्षिक यसै महिनामा बीस लाखभन्दा बढी इस्लाम धर्माबलम्बी सहभागी हुँदै आएका छन् । अन्तर्राष्ट्रिय तिर्थालुको आगमनमा प्रतिबन्ध लगाइएको छ । सउदी अरबमा बसोबास गर्दै आएका विदेशी नागरिक र २० देखि ५० वर्ष उमेर समूहका सउदी नागरिकलाई मात्रै हज गर्न दिइएको छ ।

सउदी अरबको स्वास्थ्य उपमन्त्री डा अब्दुल्लाह असिरीले सीएनएनसँगको कुराकानीमा प्रत्येक तिर्थालुका लागि स्वस्थ्य वातावरण तयार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निशुल्क रुपमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ, र सबै प्रकारले सुरक्षित बनाइएको छ ।”
तर यस वर्ष भने करिब एक हजार तिथार्लु मात्रै हज गर्न पाएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्