- ADVERTISEMENT -

सिरानचोक गाउँपालिकामा अमरसिहं थापा स्मृति साउन १६ गते सार्वजनिक विदा

July 30, 2020
618
Shares
- ADVERTISEMENT -

गोरखा, बिहिबार, १५ साउन २०७७ । गोरखाको सिरानचोक गाउँपालिकामा अमरसिहं थापा स्मृति दिवसमा सार्वजनिक विदा हुने भएको छ ।
रास्ट्रिय बिभुति अमरसिहं थापाको स्मृति दिवसको अवसरमा हरेक वर्ष साउन १६ गतेका दिन बिदा दिने भएको छ ।

राष्ट्रिय बिभूतिको २०४ स्मृति दिवसको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा घोषणा गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

‘राष्ट्रिय विभूति अमरसिहं थापा गोरखा सिरानचोक गाउँपालिका वडा नं. ६ मा जन्मनु भएको हो । हरेक बर्षको साउन १६ गते सार्वजनिक विदा गरी अमरसिँह थापा स्मृति दिवस मनाउने निर्णय भएको छ ।’ अध्यक्ष राजु गुरुङले भन्नुभयो । उक्त दिन उहाँको जन्मस्थल डाँडेमा झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँको मृत्यू १८३८ को जनैपुर्नेको दिनमा गोसाइँकुण्डमा भएको हो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका सेनाका सेनापतिको रुपमा रहेर अमरसिँह थापाले सिरानचोक, लम्जुङ हुदै पाल्पालगायतका बाइसीचौबिसी राज्य एकीकरण गरेको इतिहासमा उल्लेख छ । लम्जुङका सैन्य कमाण्डर भक्ति थापालाई समेत गोरखाली सेनामा समेटेर उनले नेपाली एकीकरण अभियान सफल पारेका इतिहासमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -