- ADVERTISEMENT -

‘तपाईंको मास्क खै ?’ सचेतनामूलक अभियान सुरु

July 29, 2020
569
Shares
- ADVERTISEMENT -

राजविराज, बुधबार, १४ साउन २०७७ । सप्तरी प्रहरीले ‘‘तपाईंको मास्क खै ?’’ सचेतनामूलक अभियान सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण तथा रोकथामको लागि मास्क लगाउन अनिवार्य गरेपछि प्रहरीले यस्तो चेतनामूलक कार्यक्रम सुरु गरेको हो ।

मास्क लगाएर बाहिर हिँडडुल नगर्ने मानिसउपर कारबाही गर्नुभन्दा पनि सचेत गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सो कार्यक्रम सुरु गरिएको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी चौकमा सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको प्रमुख आतिथ्यमा विभिन्न सुरक्षा निकायका प्रमुखको उपस्थितिमा ‘‘तपाईंको मास्क खै ?’’ अभियान सुरुवात गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दैगइरहेको अवस्थामालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चितकालीन निषेधाज्ञा र मास्क लगाउनेसम्बन्धी जारी गरिएको सूचना र कानुनी व्यवस्थाको सम्बन्धमा जनचेतनामुलक कार्यक्रमसमेत आयोजना गरिएको प्रहरी प्रवक्ता भारतीले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मास्क लगाउने १२३ जनालाई कारबाही
यसैबीच मास्क लगाएर सार्वजनिक स्थलमा हिँडडुल नगर्ने १२३ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्ने दुई दिनअघि जारी गरेको सूचनालाई अटेर गरेपछि नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -