Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
६:५९:१४ बिहान
- ADVERTISEMENT -

मनसुन शुक्रबारसम्म सक्रिय रहने, सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति: २०७७ साउन १४, बुधबार

551
Shares

काठमाडौं, बुधबार, १४ साउन २०७७ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौं र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पानी परिरहेको छ । काठमाडौंमा सामान्य वर्षा भइरहेको छ भने सुदूरपश्चिमका केही क्षेत्रमा भारी वर्षा भइरहको विभागकी मौसम विद् मञ्जु बासी बताउँछिन् । उनका अनुुसार बिहान ९ बजेपछि काठमाडौंमा पानी रोकिने र दिउँसो २ बजेपछि पुनः वर्षा हुने छ ।

“मनसुन सक्रिय छ र यो चरण शुक्रबारसम्म रहने भएकाले प्रायः धेरै स्थानमा मौसम बदली रहने छ,” उनी भन्छिन्, “बाढी, पहिरो र डुबानको सम्भावना रहेकाले जो जहाँ हुनुहुन्छ त्यहाँ सतर्क भएर बस्नुहोला ।”

विभागका अनुसार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।

सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -