- ADVERTISEMENT -

नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भङ्ग, तदर्थ समिति गठन

July 29, 2020
458
Shares
- ADVERTISEMENT -

काठमाडौँ, बुधबार, १४ साउन २०७७ । सरकारले नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भङ्ग गरी डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङका प्रेस संयोजक सन्तोष खड्काका अनुसार, आर्थिक अनियमितता, अपारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यताविपरीत कार्य गरेकाले रेडक्रसको कार्यसमिति भङ्ग गर्नुपरेको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाँका अनुसार, तदर्थ समितिको उपाध्यक्षद्वयमा डा. विश्वकेशर मास्के र शर्मिला कार्की हुनुहुन्छ । यस्तै, महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा होमप्रसाद पाठक नियुक्त गरिएको छ । यस्तै, सदस्यहरूमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप विष्ट, कुमार थापा, बाबुराजा महर्जन, शम्भुप्रसाद पोखरेल हुनुहुन्छ । त्यस्तै, सदस्यहरूमा शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टराई, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, सुवोधकुमार सिंह, श्यामकाजी डोटेल, दीपेन्द्र ढकाल, खेमराज के.सी., लोकराज ढकाल, लोकदर्शन श्रेष्ठ, महेन्द्र श्रेष्ठ, जीवन राना र मोहन पोखरेल हुनुहुन्छ ।

मन्त्रालयले यसअघि रेडक्रसको विवादबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले २०७७ असार २४ गते रेडक्रसलाई स्पष्टिकरण सोधेको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसारको विषयमा चित्तबुझ्दो जवाफ नपाएपछि मन्त्रालयले कार्यसमिति भङ्ग गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको प्रेस संयोजक खड्काले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -